सनराइज बैंकद्धारा विद्यार्थीलाई आर्थिक सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सनराइज बैंकद्धारा विद्यार्थीलाई आर्थिक सहयोग



काठमाडौं २९ बैशाख । सन्राइज बैंक लिमिटेडले, त्रिभूवन विश्वविद्यालय, केन्द«ीय व्यवस्थापन विभाग अन्तर्गतका संकायहरुमा एम.वि.एस. र एम.वि.ए. बिषयमा अध्ययनरत विद्यार्थीहरुले अनुसन्धान बिषय अन्तर्गत प्रस्तुत गनुपर्ने शोधपत्र तयार पार्नको लागि आर्थिक सहयोग गर्ने भएको छ ।

शोधपत्रको विधि विश्वविद्यालयले तोके बमोजिम हुने गरी आज बैंक र त्रिभूवन विश्वविद्यालय, केन्द्रीय व्यवस्थापन विभाग बीच सम्झौतामा हस्ताक्षर भएको हो । जस अनुसार त्रि .वि .वि .का एम.वि.एस. र एम.वि.ए मा अध्ययनरत ५ जना शोधकर्ताहरुका लागि आर्थिक सहयोग उपलब्ध गराउने छ ।

उक्त सम्झौता पत्रमा बैंककोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र त्रिभूवन विश्व विद्यालय, केन्द«ीय व्यवस्थापन विभागका प्रमुुख, प्रा.डा.भोज राज अर्यालले हस्ताक्षर गर्नु भएको छ ।

प्रकाशित : २९ बैशाख २०७४, शुक्रबार ०५:०२