संसद बहिस्कार गरेर गरिमा र महत्व घटाइयो : श्याम घिमिरे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

संसद बहिस्कार गरेर गरिमा र महत्व घटाइयो : श्याम घिमिरे

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपा र राप्रपालेले ७० दिनदेखि संसद बहिस्कार गरेर संसदको गरिमा र महत्व नराखेको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राप्रपा र रास्वपाले ७० दिनदेखि संसदमा र आफ्नो कुरा राख्ने संसद बहिस्कार गर्दै भिजिट भिसाको विषयमा झूटो प्रचार गरेर जनतालाई भ्रमित पार्ने र संसदलाई दुरुपयोग गर्ने अभ्यास चलेको बताए ।

उनले भने, ‘झण्डै ७० दिनदेखि संसदमा राप्रपा र रास्वपा दुईवटा पार्टीले संसद अवरुद्ध गर्दै आएको छ । संसदमा आफ्नो कुरा राख्ने र संसद बहिस्कार गर्ने काम गरेको छ । यो अभ्यास कति दिनसम्म यो चल्ने हो ? यहाँ संसदमा उभिएर सँधै गालीगलौंज गर्ने, भिजिट भिसाको नाममा मानव तस्करी गरियो भन्ने ? भिजिट भिसा भनेको मानव तस्करी हो ? भिजिट भिसामा बाहिर कतैपनि नजाने कुन सांसद यहाँ कोछ झूटो कुरा प्रचार गरेर जनतालाई भ्रमित पार्ने र संसदलाई दुरुपयोग गर्ने जुन अभ्यास चलेको छ यो बन्द हुनुपर्छ । यो प्रथालाई अब बन्द गरिएन भने संसदको गरिमा र महत्व पनि रहँदैन् ।’

प्रकाशित : १९ श्रावण २०८२, सोमबार १४:४१ 4 August, 2025 2:41 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।