खानीखोला हाइड्रोपावरले भदौ ३ गतेदेखि हकप्रद जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

खानीखोला हाइड्रोपावरले भदौ ३ गतेदेखि हकप्रद जारी गर्ने



काठमाडौं । खानीखोला हाइड्रोपावरले भदौ ३ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु।१०० अंकित दरका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत असार २७ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, असार २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् । हकप्रदमा आवेदन दिने अन्तिम मिति भदौ २३ गते निर्धारण गरिएको छ ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत असार १० गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो । लगानीकर्ताले बिक्री प्रबन्धक सिटिजन्स क्यपिटलका साथै रिटिजन्स बैंकको कुमारीपाटी, ठिमी, विराटनगर, बिर्तामोड, विरगञ्ज,सुर्खेत, नरायणगढ,धनगढी, पोखरा९न्यूरोड०,बुटवल ,हेटौडाशाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यस्तै कुमारी बैंकको बाग्मति शाखा(ललितपुर) र नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ बाट समेत आवेदन दिन सक्नेछन्।

प्रकाशित : 1 August, 2025 1:05 pm