काठमाडौं । बिहीबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ३१.५० अंकले घटेर २९२२.६३ को विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स ६.७१ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३६ अंक घटेको छ।
आज ५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१८ कम्पनीको ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ३३ करोड माथिको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ७५ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको ६९ करोड ९लाख रुपैयाँको शेयर कारोबार भएको छ।
बिहीबार ट्रेड टावर र नेपाल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने सिन्धु विकास बैंकको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको भुगोल इनर्जी डेभलपमेन्ट कमपनीको शेयरमूल्य यस दिन सर्वाधिक घटेको छ।





Comment