एनआइसी एशिया लघुवित्तको स्वास्थ्य सचेतना तथा वित्तीय साक्षरता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआइसी एशिया लघुवित्तको स्वास्थ्य सचेतना तथा वित्तीय साक्षरता



काठमाडौं । एन आई सी एशिया लघुवित्तले स्वास्थ्य सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम लाई निरन्तरता दिएको छ । सोही क्रममा संस्थाले साउन ६ गते धरान शाखा, साउन ७ गते लेटाङ शाखा तथा साउन ९ गते गौरादह शाखामा कार्यक्रम सम्पन्न गरेको हो ।

धरानमा आयोजित कार्यक्रममा ७० जना, लेटाङमा ७२ जना तथा गौरादहमा ७० जना सदस्यहरु लाभान्वित भएका थिए । एन्जल फाउन्डेसनको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा सम्बन्धित शाखाका प्रमुख, जन प्रतिनिधि, एन्जल फाउन्डेसनका प्रतिनिधि एवम् अन्य कर्मचारीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा हृदयघात, सर्पदंश, जलन, कुकुरको टोकाइ, पानीमा डुब्ने तथा करेन्ट लागेपछि गरिने प्राथमिक उपचारका सम्बन्धमा जानकारी दिइएको थियो । साथै, पाइल्स, फिसर, फिस्टुला जस्ता रोगको रोकथाम तथा उपचारका विषयमा पनि जानकारी दिइएको थियो । साथै वित्तीय सचेतनाका विषयमा पनि कार्यक्रममा छलफल चलाइएको थियो । आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिने जानकारी संस्थाले दिएको छ ।

प्रकाशित : 27 July, 2025 1:43 pm