आज देखि सुनका गहनामा दुई प्रतिशत विलासिता कर लागुहुँदै, अन्य कुन-कुन बस्तुमा लाग्दैछ कर ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आज देखि सुनका गहनामा दुई प्रतिशत विलासिता कर लागुहुँदै, अन्य कुन-कुन बस्तुमा लाग्दैछ कर ?



काठमाडौं । आजदेखि सुनका गहनामा दुई प्रतिशत विलासिता कर लागुहुँदै छ । नयाँ आर्थिक वर्ष २०८२/८३ को सुरुवातसँगै सरकारले बजेटमा घोषणा गरेको कर लागु हुन लागेको हो ।

नयाँ आवमा सरकारले करका दरहरु हेरफेर गर्ने भएकाले आजदेखि टेलिफोन स्वामित्व शुल्क, दूरसंचार सेवा दस्तुर, क्यासिनो रोयल्टी, विद्युतीय सेवा कर पनि लागु हुने भएको छ । आजैदेखि सुन तथा बहुमूल्य धातुका गरगहनाको मूल्य र पाँचतारे होटलको सेवामा विलासिता कर लागू भएको छ ।

सुनचाँदी व्यवसायीले सरकारको यस्तो निर्णयको चर्को बिरोध गर्दै आएका छन भने सरकारले यो अध्ययनका लागि समित बनाएको छ । उक्त समितीले दिएको सुझाबका आधरमा सरकारले करमा केहि हेरफेर गर्न सक्ने बताइएको छ।

आर्थिक ऐनको दफा १ देखि ४, ६ देखि १२, २० देखि ३३, ३४–३६ २ ३८ जेठ १५ रातिबाटै लागू भइसकेका छन् । त्यसैगरी, ऐनको दफा १३ देखि १९ र ३३ मा भएको व्यवस्था भने आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन अर्थात आजबाट लागु भएका छन् ।

प्रकाशित : 17 July, 2025 10:37 am