प्राइम लाइफले कति कमायो? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्राइम लाइफले कति कमायो?



काठमाडौं, २६ वैशाख  । निजि क्षेत्रको जीवन बीमा कम्पनी प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासमा खुद मुनाफामा १३ दशमलव ८२ प्रतिशतले बढेर १० करोड ७४ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले ९ करोड ४४ लाख रुपैयाँ कमाएको थियो ।

४८ करोड ८१ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा ७५ करोड २४ लाख रुपैयाँ र जीवन बीमा कोषमा ४ अर्ब ४६ करोड ४८ लाख रुपैयाँ राखेको छ । जसले आम्दानीमा २० दशमलव ७४ प्रतिशतले बढेर १६ करोड ३५ लाख रुपैयाँ पुर्याएको छ भने खर्च ४० प्रतिशतले बढेर ५ करोड ६१ लाख रुपैयाँ पुगेको छ । कम्पनीको बीमाशुल्क खुद १ अर्ब २२ करोड ५ लाख रुपैयाँ आर्जन गरेको छ भने दाबी भुक्तानी खुद २१ करोड ३४ लाख रुपैयाँ रहेको छ । कुल कायम बीमालेखको संख्या ५ लाख १० हजार ८ सय ७२ वटा र कुल दाबी भुक्तानी संख्या ९ सय १५ वटा रहेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी २९ दशमलव ३५ रुपैयाँ, प्रति शेयर नेटवर्थ २ सय ६५ दशमलव ७५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७९ दशमलव ३६ गुणा रहेको छ ।

प्रकाशित : २६ बैशाख २०७४, मंगलवार ०४:४४