सुन चाँदीको मुल्य बढ्याे , कतिमा हुँदैछ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुन चाँदीको मुल्य बढ्याे , कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ११ सय रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँले बढेको छ । यससँगै चाँदी २ हजार २८५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा २ हजार २२० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : 13 July, 2025 10:56 am