आवासीय घर खरिद–निर्माणका लागि कर्जाको सीमा ३ करोड पुग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आवासीय घर खरिद–निर्माणका लागि कर्जाको सीमा ३ करोड पुग्यो



काठमाडौं । निजी आवासीय घर निर्माण वा खरिदका लागि प्रवाह गरिने कर्जाको सीमा २ करोडबाट बढाएर ३ करोड रुपैयाँ पुर्याइएको छ ।

आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर प्रा।डा। विश्वनाथ पौडेलले पहिलोपटक घर निर्माण वा खरिद गर्दा कर्जा–मूल्य अनुपात बढीमा ८० प्रतिशत र अन्य अवस्थामा बढीमा ७० प्रतिशतसम्म कायम गर्न सकिने जानकारी दिएका हुन् ।

गभर्नर पौडेलका अनुसार आवास क्षेत्रको माग र वित्तीय पहुँचलाई सन्तुलनमा राख्दै आर्थिक गतिविधिमा टेवा पुर्‍याउने उद्देश्यले यस्तो निर्णय गरिएको हो ।

प्रकाशित : 11 July, 2025 1:03 pm