काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले विद्युतको खपत बढाउनको लागि ईभीको करलाई स्थिर राखिएको बताएका छन्। नाफिजले आयोजना गरेको पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै उनले नेपालको उर्जा खपत बढाउनको लागि बजेट मार्फत विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गरेको बताएका हुन्।
मन्त्री पौडेलले आफुले करका नीति र करका दरमा स्थिर नीति लिएको बताएका छन्। अर्थमन्त्रीले बजेट ल्याउने मात्रै नभई कार्यन्वयनमा समेत जिम्मेवारी रहेको बताए। साथै, उनले आगामी वर्षको बजेट कार्यन्वयनको तयारी गरिरहेको बताए।
बजेटमा टेक एन्ड पेको विषयमा अन्यौल भएपनि स्पष्ट पारेसंगै बैंक तथा वित्तिय संस्था, उर्जा उत्पादक लगायत सबै सन्तुष्ट रहेकाले ठिक हुँदै गएको बताएका छन्।





Comment