सिटिजन्स सदाबहार योजना: ५० करोडको खुलामुखी म्युचुअल फण्ड इकाई विक्री खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सिटिजन्स सदाबहार योजना: ५० करोडको खुलामुखी म्युचुअल फण्ड इकाई विक्री खुला



काठमाडौं। सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको कोष प्रवर्द्धन तथा सिटिजन्स क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा रहेको “सिटिजन्स सदाबहार योजना” सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भएको छ। पहिलो पटकको खुलामुखी म्युचुअल फण्ड योजना अन्तर्गत ५० करोड बराबरको इकाई निष्कासन गरी २०८२ आषाढ १३ गतेदेखि २०८२ आषाढ २७ गतेसम्म इकाई विक्री खुला गरिएको हो।

सिटिजन्स सदाबहार योजना नेपालमा उपलब्ध अन्य म्युचुअल फण्ड योजनाभन्दा केही भिन्न स्वरूपमा अगाडि ल्याइएको छ। यो खुलामुखी योजना अन्तर्गत लगानीकर्ताहरुले आफूले चाहे अनुसार उपयुक्त समयमा खरिद तथा बिक्री गर्न सक्नेछन्।

योजनाको इकाई खरिद गर्न इच्छुक लगानीकर्ताले कम्तीमा १०० इकाई (रु. १,००० बराबर) देखि अधिकतम ५,००,००० इकाई (रु. ५ करोड बराबर) सम्म आवेदन दिन सक्ने छन्। प्रति इकाईको मूल्य रु. १० तोकिएको छ।

ईकाई खरिदको लागि लगानीकर्ताले आफूले खोलेको मेरो शेयर खाता वा सि–आश्वा सेवामा आबद्ध बैंक तथा वित्तीय संस्थाहरू र तिनीहरूका तोकिएको शाखा कार्यालयमार्फत आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ। आवेदन २०८२ आषाढ २७ गते (शुक्रबार) साँझ ५ बजे भित्र दिनुपर्नेछ।

प्रकाशित : 8 July, 2025 2:21 pm