काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड र अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडबीच शेयर रजिष्ट्रार सेवा सम्बन्धी सम्झौता सम्पन्न भएको छ। २०७९ असार २२ गते काठमाडौंमा आयोजित समारोहमा माछापुच्छ्रे क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडका प्रबन्ध निर्देशक विर बहादुर घलेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
यस सम्झौतासँगै अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रारका सम्पूर्ण कार्यहरू माछापुच्छ्रे क्यापिटलमार्फत सञ्चालित हुनेछन्। सम्झौता अनुसार, शेयर दाखिला, खारेजी, नामसारी, रोक्का प्रक्रिया, शेयरधनीको लगत अद्यावधिक लगायत सम्पूर्ण सेवा माछापुच्छ्रे क्यापिटलको बागदरबार, काठमाडौंस्थित कार्यालय (तेस्रो तल्ला) बाट प्रदान गरिनेछ।
माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनीका रूपमा स्थापना भएको माछापुच्छ्रे क्यापिटल लिमिटेड एक सार्वजनिक लिमिटेड कम्पनी हो। कम्पनीले नेपाल धितोपत्र बोर्डको अनुमतिमा धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, निष्काशन तथा बिक्री प्रबन्धन, शेयर रजिष्ट्रार, सामूहिक लगानी कोष, निक्षेप सदस्यता र परामर्श सेवाहरू प्रदान गर्दै आएको छ।
Comment