हरिशयनी एकादशी,शरीरलाई विषादिमुक्त र मनशुद्दी गर्ने दिन हो : प्रधानमन्त्री ओली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

हरिशयनी एकादशी,शरीरलाई विषादिमुक्त र मनशुद्दी गर्ने दिन हो : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरिशयनी एकादशी, तुलसी रोप्ने दिनको अवसरमा शुभकामना दिएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री ओलीले आजको दिन शरीरलाई विषादिमुक्त गर्ने, मनशुद्दी गर्ने र वातावरणीय सन्तुलन कायम राख्ने प्रतिकात्मक दिन पनि भएको बताए ।

उनले लेखेका छन् ,आज हरिशयनी एकादशी, तुलसी रोपण गर्ने दिन । आजको दिन शरीरलाई विषादिमुक्त गर्ने, मनशुद्दी गर्ने र वातावरणीय सन्तुलन कायम राख्ने प्रतीकात्मक दिन पनि हो।

कम भोजन, ध्यान र उपवासले मानिसलाई शान्त मनोभावमा राख्ने पनि परम्परागत विश्वास रही आएको छ।’धरती र जीवन दुवैमा शान्ति छाओस्। हरिशयनी एकादशीको शुभकामना ।’

प्रकाशित : 6 July, 2025 11:48 am