महालक्ष्मी विकास बैंकद्वारा चौथो त्रैमासमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

महालक्ष्मी विकास बैंकद्वारा चौथो त्रैमासमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा विभिन्न क्षेत्रलाई समेट्ने कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेको छ। बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, दैवी प्रकोप व्यवस्थापन, पूर्वाधार निर्माण, मानव सेवा, परोपकार, वित्तीय साक्षरता र दिगो विकास लक्ष्यहरूलाई ध्यानमा राखी देशका विभिन्न स्थानमा कार्यक्रम सञ्चालन गरेको हो।

बैंकको मार्तडी–बाजुरा शाखा मार्फत श्री लक्ष्मी माध्यामिक विद्यालयमा अध्ययनरत आर्थिक दृष्टिले कमजोर र पढाइमा अब्बल विद्यार्थीहरूलाई अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले स्कुल ब्याग वितरण गरिएको छ।

त्यसैगरी, पाटन नगरपालिका–०१, मेल्चौरा, बैतडीस्थित श्री सिद्धेश्वर माध्यामिक विद्यालयलाई शौचालय निर्माणका लागि पाटन–बैतडी शाखाद्वारा आर्थिक सहयोग प्रदान गरिएको छ। झण्डै ८०० विद्यार्थी र ३० कर्मचारी रहने उक्त विद्यालयमा शौचालयको अभावबाट सिर्जना हुन सक्ने सरुवा रोगको जोखिम कम गर्ने हेतुले सहयोग गरिएको हो।

महेन्द्रनगर शाखाले कञ्चनपुरस्थित श्री बैजनाथ धाम तथा वृद्धाश्रम सेवा समितिलाई खाद्यान्न सामग्री प्रदान गरेको छ। साथै, बुढानिलकण्ठ नगरपालिका–४, चण्डेश्वरीस्थित श्री मदन आश्रित आदर्श माध्यामिक विद्यालयमा अध्ययनरत ११ जना विद्यार्थीहरूलाई राउण्ड टेबल नेपालको सहकार्यमा २०८२ शैक्षिक सत्रका लागि छात्रवृत्ति प्रदान गरिएको छ।

उता, कलैया शाखाले गर्मीको समयमा उच्च तापक्रमका कारण उत्पन्न असजिलो कम गर्न सर्वसाधारणलाई लक्षित गरी निःशुल्क सर्वत पानी वितरण गरेको छ।

प्रहरी वृत्त मालीगाउँ, काठमाडौंमा खटिने सुरक्षाकर्मीहरूलाई लक्षित गर्दै खानेपानीको व्यवस्था गरिएको छ। सुरक्षाकर्मीहरूको स्वास्थ्य र सुविधा कायम राख्न यस्तो सहयोग गरिएको बैंकले जनाएको छ।

साथै, वीरगञ्जस्थित रोटरी क्लब अफ वीरगञ्जसँगको सहकार्यमा १० जना अपांग व्यक्तिहरूलाई कृत्रिम खुट्टा तथा कृत्रिम हात वितरण गर्न आर्थिक सहयोग गरिएको छ। त्यस्तै, रोटरी क्लब अफ गैँडाकोटसँगको सहकार्यमा श्री नवदुर्गा आधारभूत विद्यालयमा शौचालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गरिएको छ।

बैंकले यस्ता कार्यक्रमहरूबाट समाजको समग्र सामाजिक र आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। बैंकले विगतदेखि नै सामाजिक उत्तरदायित्वलाई आफ्नो प्रमुख कार्यदिशा बनाउँदै आएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।

यसबाहेक, महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल सेवा उपलब्ध गराउने नीति अनुसार मोबाइल एप्लिकेसन “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ। यो एप्लिकेसनले बैंकिङ्ग सेवामा पहुँच, सहजता र आधुनिकताको अनुभव दिन उद्देश्य राखेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व तथा डिजिटल बैंकिङ्गको समायोजनमार्फत बैंकले ग्राहक सन्तुष्टि र सामाजिक समृद्धिको दिशामा महत्वपूर्ण योगदान गरिरहेको छ।

प्रकाशित : 4 July, 2025 2:08 pm