वार्षिक उत्सवमा अपांगहरुलाई नेचुरल सहकारीको सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

वार्षिक उत्सवमा अपांगहरुलाई नेचुरल सहकारीको सहयोग



काठमाडौं, २५ बैशाख । जोरपाटीस्थित नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापनाको १० औं वर्षको अवसरमा काठमाडौंको गोकर्णस्थित अपांग पुनस्र्थापना केन्द्रलाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग गरेको छ ।

पाँच वर्षदेखि सो पुनस्र्थापना केन्द्रलाई निरन्तर सहयोग गर्दै आएको सहकारीले केन्द्रको चाहना अनुसार नै सहयोग उपलब्ध गराउँदै आएको छ । द्धन्द्धपीडित, असहाय, अनाथ एवं अपांग बालबालिकाहरुलाई आवास सहित शिक्षा समेत दिँदै आएको पुनस्र्थापना केन्द्रमा ५५ जना बालबालिका रहेको केन्द्रका अध्यक्ष किपा शेर्पाले बताए । उनले नेचुरलले वर्सेनि सहयोग जुटाएर सामाजिक कार्यसँगै बालिबालिकाको मनोवल उच्च बनाउन योगदान दिएको भन्दै प्रशंसा गरे ।

सहयोग हस्तान्तरण गर्दै संस्थाका कार्यकारी संचालक विकल्प पाठकले सहकारी समुदायमा आधारीत रहेको र यसले सामाजिक हीतका लागि पनि कार्य गर्ने भएको हुँदा नेचुरल सहकारीले सामाजिक उत्तरदायितव बहन गरेको बताए ।

जोरपाटी क्षेत्रमा अग्रणी स्थानमा रहेको हुँदा आगामी दिनमा पनि संस्थाले परोपकारी कार्यमा आफ्नो भूमिका अझ बढाउने बताए । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष काशिराम शर्माले अपांगहरुको परिचय पत्र बनाईदिने तथा उनीहरुलाई निःशुल्क स्वास्थ परिक्षणका लागि आफुले पहल गर्ने बताए ।

प्रकाशित : २५ बैशाख २०७४, सोमबार ०५:३३