मधेश प्रदेशसभा सदस्य सांसद ललिता दासमाथि लुटपाट प्रयास ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

मधेश प्रदेशसभा सदस्य सांसद ललिता दासमाथि लुटपाट प्रयास !



जनकपुर । मधेश प्रदेशकी सांसद ललिता दास (तत्मा) माथि लुटपाट प्रयास भएको छ । उनले आफूमाथि गएराति एक समूहले सिराहाको लहानमा लुटपाट र हमलाको प्रयास गरेको सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् । गएराति साढे १२ः३० बजेतिर जनकपुरबाट लहानस्थित घर जाने क्रममा एनएमबी बैंकको गल्लिमा आफूलाई दुई जना केटाले लखेटेर लुटपाट र हमला गर्ने प्रयास गरेको उनले बताएकी छन् । समयमै भागेर घर पुगेपछि परिवारले ढोका खोलेको र आफ्नो ज्यान जोगिएको उनले लेखेकि छन् ।

सांसद ललिताले थाना नजिकै रहेको उनको घर निर आफू असुरक्षित महसुर गरेको भन्दै उनले हाम्रो देशमा के हुँदैछ भनेर प्रश्न गरेकि छन् । उनले लेखेकि छन, ’आखिर के हुँदैछ हाम्रो देशमा ? किन यति भय, त्रास दिँदैछन् हामीलाई ? क्रमबद्ध रुपमा दलित समुदायको हत्या हुँदैछ । थानाको नजिक मेरो घर हो तर पनि यति असुरक्षित ! केहि महिना पहिला एकजनालाई मेरै घर अगाडि छुरा प्रहार गरेको थियो । आफ्नै देश, घरमा पनि डर त्रासको माहोल छ । कसरी बाँच्ने ?’ सांसद दासले डिएसपिलाई खबर गर्दा पनि उनले बेवास्ता गरेको समेत बताएकी छन् ।

प्रकाशित : 2 July, 2025 1:46 pm