काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक पद धारण गरेपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्थाअनुरूप उनले आफ्नो नाममा रहेको सम्पत्ति सार्वजनिक गरेका हुन् ।
पौडेलले १४ करोड रुपैयाँ भन्दा बढी रकमको शेयर रहेको जानकारी दिएका छन्। उनले सानिमा बैंक, सानिमा हाइड्रोपावर, सानिमा मिडिल तमोर हाइड्रो, ग्लोबेको प्रालि, संयुक्त ऊर्जा हाइड्रोपावर र चितवन इनर्जी लगायतका कम्पनीहरूमा १४ करोड ५ लाख ६७ हजार रुपैयाँको शेयरसम्बन्धी विवरण सार्वजनिक गरेका छन्।
पौडेलले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार, उनको नाममा २० लाख भन्दा बढी नगद रहेको जानकारी दिइएको छ। साथै, उनले श्रीमती प्रतिभा शर्मा र आफ्नो नाममा २० लाख रुपैयाँ भन्दा बढी बैंक खाता बचत रहेको र सानिमा बैंकमा साढे ५ हजार अमेरिकी डलर रहेको उल्लेख गरेका छन्।
यसका साथै, उनले ४५ तोला सुन र नवलपरासी, ललितपुरमा भौतिक सम्पत्ति पनि राखेका छन्। ललितपुरको १ करोड ५५ लाख मूल्यको जग्गा र नवलपरासीको ६० लाख मूल्यको जग्गा रहेका छन्। पौडेलका अनुसार, श्रीमती शर्माको नाममा ४४ लाख रुपैयाँ मूल्य पर्ने एक सुजुकी कार पनि रहेको बताइएको छ।



Comment