इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर खरिदका लागि समयसीमा ७ दिन मात्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर खरिदका लागि समयसीमा ७ दिन मात्र



काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ।बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयरहरु बिक्री गर्ने ईच्छा राखी निवेदन दिएकाले उक्त संस्थापक सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

बैंकले बिक्री गर्ने कित्ताका बारेमा भने केही खुलाएको छैन । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् ।

संस्थापक सेयरधनीहरुका लागि गत जेठ ६ गते ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएकोमा उक्त समयावधि भित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनै लिखित जानकारी पेश हुन नआएकाले सर्वसाधारणलाई सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले लाजिम्पाटमा रहेको बैंकको सेयर शाखामा सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आवेदन दिनु पर्नेछ ।काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ।बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयरहरु बिक्री गर्ने ईच्छा राखी निवेदन दिएकाले उक्त संस्थापक सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

बैंकले बिक्री गर्ने कित्ताका बारेमा भने केही खुलाएको छैन । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् ।

संस्थापक सेयरधनीहरुका लागि गत जेठ ६ गते ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएकोमा उक्त समयावधि भित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनै लिखित जानकारी पेश हुन नआएकाले सर्वसाधारणलाई सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले लाजिम्पाटमा रहेको बैंकको सेयर शाखामा सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आवेदन दिनु पर्नेछ ।

प्रकाशित : 24 June, 2025 11:28 am