धितोपत्र बोर्ड मुद्दती खातामा लगानी गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

धितोपत्र बोर्ड मुद्दती खातामा लगानी गर्दै



काठमाडौं । नेपाल धितोपत्र बोर्ड९सेबोन०ले मुद्दती खातामा लगानी गर्ने भएको छ । सेबोनले अक्षय कोषको रकमलाई ‘नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७’ को अधिनमा रही मुद्दती खातामा लगानी गर्न लागेको हो ।

असार १ गते प्रकाशित सूचना अनुरुप सम्पूर्ण रकम लगानीको लागि प्रस्ताव प्राप्त नभएकोले पुनः आफूले दिन सक्ने एक वर्षे व्याज दर सहित इच्छुक ‘क’बर्गका बैंकले प्रस्ताव पेश गर्न सक्नेछन् । बैंकहरुले सूचना प्रकाशित भएको मितिले तीन कार्य दिनभित्र कार्यालय समय भन्दा एक घण्टा अगाडि ‘नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७ बमोजिम योग्यता खुल्ने आवश्यक कागजात सहित सिलवन्दी प्रस्ताव पेश गर्नुपर्नेछ ।

प्राप्त सिलबन्दी प्रस्तावहरु सिलबन्दी प्रस्ताव पेश गर्ने अन्तिम दिनको अपरान्ह ५ः०५ बजे बोर्डको कार्यालय, खुमलटार, ललितपुरमा खोलिने छ । लगानी सम्बन्धी अन्तिम निर्णय बोर्डमा निहित रहनेछ । बोर्डको लगानी सम्बन्धी नीति तथा सिलवन्दी फाराम बोर्डको वेभसाइटमा राखिएको छ ।

प्रकाशित : 23 June, 2025 5:14 pm