घट्यो सुनचाँदीको मुल्य, कतिमा हुदैछ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

घट्यो सुनचाँदीको मुल्य, कतिमा हुदैछ काराेबार ?



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन प्रतितोला ८०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९४ हजार ७०० रुपैयाँ प्रतितोला कायम भएको हो।

अघिल्लो दिन सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। अघिल्लो दिन चाँदी प्रतितोला दुई हजार २०० रुपैयाँमा कारोबार भएकोमा आज दुई हजार १५० रुपैयाँ झरेको छ।

प्रकाशित : 20 June, 2025 10:50 am