काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। आज सुन प्रतितोला ४०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला दुई हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ। बुधबार चाँदी प्रतितोला दुई हजार २२५ रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदीको मूल्यले नयाँ उचाई बनाएको थियो ।





Comment