काठमाडौं । बुधबार शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १.०७ अंकले घटेर २६५३.४७ को विन्दुमा कायम भएको छ । आज ८८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ३१४ कम्पनीको दुइ करोड ३४ लाख ४६ हजार ९४९ कित्ता शेयर किनबेच हुँदा नाैं अर्ब आठ करोड माथिको शेयर कारोबार भएको छ ।
आज पियोर इनर्जी र जोशी हाइड्रोपावरकाे शेयर सकारात्मक सर्किट लेबलमा काराेबार भएकाे छ । आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । काराेबारमा आज सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७१ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिंगटी हाइड्रोको ६१ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ४५ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।





Comment