सेयर बजारमा सामान्य सुधार, १३ अर्ब १८ करोडकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा सामान्य सुधार, १३ अर्ब १८ करोडकाे काराेबार



काठमाडौं । साताको दोसो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा झिनो अंकको सुधार आएको छ। आज बजार ३.४० अकंले बढेर २६५९.२६ बिन्दुमा कायम भएको हो ।

आज ३१८ कम्पनीको तीन करोड ३६ लाख ३७ हजार कित्ता शेयर किनबेच हुँदा १३ अर्ब १८ करोड ६९ लाख रुपैयाँको कारोबार भएको हो । नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ६ वटा समूहमा हरियाली छायो भने ७ वटा समूहमा रातो पोतियो ।

आज सबैभन्दा धेरै सानिमा माइ हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ९५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ९० करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने बुटवल पावर कम्पनीको ५८ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज पियोर इनर्जी र पिपुल्स पावरको शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । साथै, धेरै गुमाउनेमा अपर हेवाखोला हाइड्रोका लगानीकर्ता रहेका छन् ।

प्रकाशित : 16 June, 2025 3:38 pm