पूर्वउद्योगमन्त्री ढुण्डिराज शास्त्रीको निधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

पूर्वउद्योगमन्त्री ढुण्डिराज शास्त्रीको निधन

प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता थिए



काठमाडौँ । पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ढुण्डिराज शास्त्री (पौडेल)को आज बिहान काठमाडौँको केएमसी अस्पतालमा ९० वर्षको उमेरमा निधन भएको छ। उनी विगत केही समयदेखि अस्वस्थ थिए।

वि.सं. १९९३ सालमा अर्घाखाँचीको किमडाँडा पञ्चायत–८ (हाल भूमिकास्थान नगरपालिका–८) मा जन्मिएका शास्त्री समाजवादी चिन्तकका रूपमा चिनिन्थे।

शास्त्रीका दुई श्रीमती, दुई छोरा र दुई छोरी छन्। एक श्रीमतीको पहिल्यै निधन भइसकेको छ। उनका छोराहरू विदेशमा रहेका कारण उनीहरू फर्किएपछि मात्र अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ। शास्त्री नेपाली प्रजातान्त्रिक आन्दोलनका निष्ठावान नेता तथा समाजवादका गहिरा व्याख्याता मानिन्छन्।

प्रकाशित : 16 June, 2025 1:30 pm