वार्षिकोत्सवमा गुहेश्वरी मर्चेन्टका विभिन्न कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

वार्षिकोत्सवमा गुहेश्वरी मर्चेन्टका विभिन्न कार्यक्रम



काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्स स्थापनाको २३ वर्ष पूरा गरी २४औं वर्षमा प्रवेश गरेको छ । विगत २३ वर्षदेखि निरन्तर बैकिङ्ग सेवा प्रदान गर्दै आएको यस संस्थाले वार्षिकोत्सवमा रक्तदान तथा अपांग सेवा संघलाई खाद्यान्न सामग्री उपलब्ध गराएको छ ।

संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विगत सात वर्षदेखि वार्षिक रुपमा बुंगमती, ललितपुरस्थित अपाङ्ग सेवा संघलाई खाद्यान्न सामाग्री उपलब्ध गराउँंदै आएको थियो । २३औं वार्षिकोत्सवमा उक्त सहयोग आगामी वषका लागि पनि निरन्तरता दिने गरी सो संस्थासंग सम्झौता गरेको छ ।

त्यसैगरी जेठ ३० गते नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार सेवा केन्दको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रमसमेत सम्पन्न गरेको छ । संस्थाले विगत वर्षदेखि नै वित्तीय साक्षरता तथा सामाजिक कार्यमा सहभागिता जनाउँदै आइरहेकामा आगामी दिनमा पनि यसलाई निरन्तरता दिने संस्थाले जनाएको छ ।

प्रकाशित : 16 June, 2025 9:56 am