लुम्बिनी प्रदेशको ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

लुम्बिनी प्रदेशको ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक



काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको तेह्रौँ बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गरेका हुन्।

प्रस्तुत बजेटमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार रुपैयाँ अर्थात् कुल बजेटको ८.८० प्रतिशत छुट्याइएको छ।

प्रदेश सरकारले चालू खर्चतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार रुपैयाँ अर्थात् ३०.८८ प्रतिशत र पुँजीगत खर्चतर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रुपैयाँ अर्थात् ६०.३२ प्रतिशत विनियोजन गरेको छ।

बजेटमार्फत समृद्ध लुम्बिनी र खुसी नागरिकको दीर्घकालीन आकाङ्क्षा हासिल गर्ने सङ्कल्प गरिएको जनाइएको छ। साथै, उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्दै गरिबी न्यूनीकरण र आर्थिक असमानता घटाउने लक्ष्यका साथ बजेट तथा कार्यक्रमहरू केन्द्रित गरिएको मन्त्री कार्कीले जानकारी दिए।

प्रकाशित : 15 June, 2025 10:09 pm