काठमाडौं । गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब ३२ अर्बको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री डा।टंकराज गुरुङले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट ल्याएका हुन् ।
चालु आर्थिक वर्ष १२ अर्ब ६३ करोड ९३९.५५०,पुँजीगततर्फ १९ अर्ब ९ करोड अर्थात ५६.७ प्रतिशत वित्तीय व्यवस्थातर्फ २५ करोड बजेट विनियोजन गरिएको छ ।
पूरा बजेटमध्ये सङ्घबाट समानीकरण अनुदानमा सात अर्ब ९३ करोड, राजस्व बाँडफाँटमा नौ अर्ब ७९ करोड, रोयल्टी ४९ करोड, सशर्त अनुदान तीन अर्ब ३५ करोड अनुमान छ ।
गण्डकी प्रदेशको कृषि मन्त्रालयलाई दुई अर्ब ८ करोड रुपैयाँ, उद्योग तथा पर्यटन मन्त्रालयलाई ८४ करोड २१ लाख रुपैयाँ, वन तथा वातावरण मन्त्रालयलाई एक अर्ब ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
त्यस्तै, सामाजिक विकास मन्त्रालयलाई दुई अर्ब ३९ करोड रुपैयाँ, स्वास्थ्य मन्त्रालयमा तीन अर्ब ३२ करोड रुपैयाँ, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयलाई ११ अर्ब ९८ करोड रुपैयाँ र उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयलाई ३ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरेको छ ।
Comment