काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मुद्दति खातामा लगानी गर्ने भएको छ। धितोपत्र बोर्डमा रहेको लगानीयोग्य रकम मुद्दति खातामा लगानी गर्न लागिएको हो।
उक्त रकम वाणिज्य बैंकमा मुद्दति निक्षेपका रुपमा १ वर्षका लागि लगानी गरिने धितोपत्र बोर्डले जनाएको छ। इच्छुक बैंकले असार ५ गते कार्यालय समयभन्दा १ घन्टा अगाडि योग्यता खुल्ने आवश्यक कागजात र दिन सक्ने ब्याजदरसहित शिलबन्दी प्रस्ताव गर्न धितोपत्र बोर्डले आग्रह गरेको छ।
प्राप्त भएको शिलबन्दी प्रस्तावहरु शिलबन्दी प्रस्ताव पेश गर्ने अन्तिम दिनको अपराह्न ५.०५ बजे ललितपुरको खुमलटारस्थित सेबोनको कार्यालयमा खोलिने जनाएको छ।





Comment