ट्रेड टावरको आईपीओ बाँडफाँट, तीन लाख २९ हजार बढीले पाए शेयर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

ट्रेड टावरको आईपीओ बाँडफाँट, तीन लाख २९ हजार बढीले पाए शेयर



काठमाडौं । आइतबार ट्रेड टावर लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा बाँडफाँट प्रक्रिया सम्पन्न गरिएको हो।

कम्पनीले जेठ १४ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँ बराबरको, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर निष्काशन गरेको थियो।

उक्त आईपीओमा कुल २० लाख ७४ हजार २८५ आवेदकले २ करोड ४१ लाख १७ हजार ४८० कित्ताका लागि आवेदन दिएका थिए। तीमध्ये १४ हजार ८९७ आवेदन रद्द भएका छन् भने २० लाख ५९ हजार ३८८ आवेदन स्वीकृत भएका छन्।

मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथामार्फत बाँडफाँट गरिएको हो। जसअनुसार तीन लाख २९ हजार ६५० जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँडफाँटपछि बाँकी रहेको ५.१९ कित्तामध्ये ५ जनालाई १–१ कित्ता र एक जनालाई ०.१९ कित्ता बाँडिएको क्यापिटलले जनाएको छ।

प्रकाशित : 15 June, 2025 11:14 am