सुनचाँदीको मूल्य बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मूल्य बढ्यो



काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु चार हजार २०० ले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९७ हजार १०० कायम भएको छ । यसअघि बिहीबार यसको मूल्य १ लाख ९२ हजार ९ सय रुपैयाँ थियो।

यसैगरी आज चाँदी पनि १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको रु दुई हजार १६५ मा कारोबार भइरहेको छ।

प्रकाशित : 13 June, 2025 11:34 am