काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ९.८ अंकले घटेर २६५७.३२ विन्दुमा झरेको हो। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १.५२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६४ अंक घटेको छ।
आज ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ३११ कम्पनीको दुई करोड ८६ लाख ७ हजार ६८५ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ५१ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको एक अर्ब आठ करोड माथिको शेयर कारोबार भएको छ भने सानिमा माइ हाइड्रोको ७५ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
पियोर इनर्जीको शेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने कारोबारमा आएको गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य आज सर्वाधिक घटेको छ।
Comment