कामना सेवा विकास बैंकको संस्थापक शेयर विक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

कामना सेवा विकास बैंकको संस्थापक शेयर विक्रीमा



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर विक्रीमा राखेको छ । बैंकले सुचना जारी गर्दै आज बिहीबार देखि ९ हजार ७ सय २ कित्ता संस्थापक शेयर विक्रीमा राखेको हो ।

बैंकका विद्यमान संस्थापक शेयर धनीहरुले मात्रै बोलकबोल प्रक्रियामार्फत यो शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । बैंकका संस्थापक शेयर धनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौको ज्ञानेश्वरमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिईसक्नु पर्नेछ ।

निर्धारित मिति भित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई शेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित : 12 June, 2025 11:14 am