काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ विवरण सार्वजनिक गरेको छ । बैंकले आर्थिक वर्ष २०८१/८२ को १० महिनाको तथ्याङ्कमा आधारित रहेर मंगलबार रिपोर्ट सार्वजनिक गरेको हो ।
असअनुसार चालु आर्थिक वर्षको बैशाख महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह १३.२ प्रतिशतले वृद्धि भई १३ खर्बं ५६ अर्ब ६१ करोड रुपैयाँ भित्रिएको छ ।
त्यस्तै, चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा कुल विदेशी विनिमय सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । चालु आवको असारसम्ममा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति रहेको थियो । १० महिनाको अवधिमा २३.१ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ३ अर्ब ९९ अर्ब ८१ करोड अर्थात् ६.२ प्रतिशत र सरकारको आन्तरिक कर्जा २.१ प्रतिशतले बृद्धि भएको छ ।
वैशाखसम्ममा शोधनान्तर स्थिति करिव साढे चार खर्ब रुपैयाँले बचतमा रहेको छ । केन्द्रिय बैंकले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार वैशाखसम्ममा शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोडले बचतमा रहेको छ भने सरकारको खातमा तीन खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ बराबर नगद मौज्दात रहेको छ ।
Comment