मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव



काठमाडौं। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८/८३ को मौद्रिक नीतिका लागि राय–सुझाव माग गरेको छ। आगामी आवको मौद्रिक निती जारी गर्ने तयारी स्वरुप राष्ट्र बैंकले सोमबार सावर्जनिक सुचना जारी गर्दै विभिन्न सरोकारवाला निकायहरुसँग राय–सुझाव माग गरेको हो ।

सूचनामा उल्लेख भएअनुसार सरोकारवाला निकायहरूले आउँदो असार १० गतेभित्र आफ्नो राय–सुझाव राष्ट्र बैंकलाई पठाउन सक्नेछन् । सुझाव राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा ई–मेलमार्फत पठाउन सक्नेछन्। राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था अनुसार नयाँ आव सुरु भएको १५ दिनभित्र मौद्रिक नीति जारी गर्नुपर्छ ।

प्रकाशित : 10 June, 2025 12:11 pm