घट्यो सुनको मूल्य, चाँदीको भने बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

घट्यो सुनको मूल्य, चाँदीको भने बढ्यो



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । आज चाँदीको तोलामा १५ रुपैयाँ बढेर हाल सम्मकै उच्च विन्दुमा पुगेको हो । आज चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार भने चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रकाशित : 10 June, 2025 11:45 am