सान्भि इनर्जीको आईपीओ बाँडफाँट: दुइ लाख ४१ हजार बढी आवेदकले पाए १० कित्ता शेयर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सान्भि इनर्जीको आईपीओ बाँडफाँट: दुइ लाख ४१ हजार बढी आवेदकले पाए १० कित्ता शेयर



काठमाडौं । सान्भि इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ सोमबार बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको कार्यालय काठमाडौँमा सम्पन्न भएको हो।

सान्भि इनर्जीले सर्वसाधारणका लागि जेठ ९ गतेदेखि १३ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २४ लाख १५ हजार ३०० कित्ता शेयर निष्काशन गरेको थियो।

उक्त निष्काशनमा २० लाख ४३ हजार २४९ जना लगानीकर्ताबाट २ करोड ३९ लाख ९१ हजार ८२० कित्ताका लागि आवेदन परेको थियो। तीमध्ये ३ हजार ६७४ आवेदन रद्द भई २० लाख ३० हजार १५७ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धकले जनाएको छ।

माग अत्यधिक भएकाले शेयर गोलाप्रथामार्फत बाँडफाँट गरिएको हो। जसअनुसार २ लाख ४१ हजार ५३० जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

बाँडफाँटको नतिजा केही बेरमा https://iporesult.cdsc.com.np/ मा हेर्न सकिनेछ।

प्रकाशित : 9 June, 2025 3:31 pm