प्रिमियर इन्टरनेसनल स्कुलमा IBDP र NEB २०२५ ब्याचको दीक्षान्त समारोह सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

प्रिमियर इन्टरनेसनल स्कुलमा IBDP र NEB २०२५ ब्याचको दीक्षान्त समारोह सम्पन्न




काठमाडौं । प्रिमियर इन्टरनेसनल IB कन्टिन्युम स्कुलले NEB र अन्तर्राष्ट्रिय ब्याकलोरियट डिप्लोमा प्रोग्राम (IBDP) २०२५ ब्याचका ७३ विद्यार्थीहरूको दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमको मुख्य अतिथि ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जन थिए ।

नगर प्रमुख महर्जनले भने, “हाम्रो सहरमा प्रिमियरजस्तो स्कुल हुनु गर्वको विषय हो। ललितपुर उच्च गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा चिनिएको छ र प्रिमियर त्यसको नेतृत्व गरिरहेको संस्था हो।” उनले प्रिमियर स्कुललाई जिल्लाको मात्र नभई देशकै अग्रणी शिक्षण संस्था भनेका थिए।

यस वर्षको दीक्षान्त समारोहमा NEB कार्यक्रमबाट ४१ जना र IBDP बाट ३२ जना विद्यार्थीहरू स्नातक भएका छन्।
Valedictorian उपाधि IBDP बाट आश्नी रुङ्टा र NEB बाट प्रबिग्य पुरूष ढकालले प्राप्त गरे भने Salutatorian सम्मान NEB की आयुष्मा राजभण्डारी र IBDP का शुभम बजगाईंलाई प्रदान गरियो। सबै सम्मानित विद्यार्थीहरूले आफ्ना अनुभव र आगामी यात्राको सपना सँगै भावनात्मक मन्तव्य प्रस्तुत गरेका थिए।

कार्यक्रमको उद्घाटन मन्तव्य प्रिमियर इन्टरनेसनल स्कुलकी संस्थापक निर्देशक पवित्रा लिम्बूले दिएकी थिइन्। उनले भनिन्, “हामीले तपाईंका बालबालिकालाई जिज्ञासु साना सिक्न चाहनेहरूपारूपमा सम्हाल्यौं र आज सक्षम, आत्मविश्वासी र सहानुभूति सम्पन्न युवाका रूपमा तपाईंहरूलाई फिर्ता गर्दैछौं।”

समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव श्री चूडामणि पौडेल, HISSAN अध्यक्ष रमेश सिलवाल, PABSON र NPABSON अध्यक्षहरू, IEPAN, NMA, AAERI, NSSF, ISF, र विभिन्न संघसंस्थाका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रमको समापनतिर प्रिमियरकी एकेडेमिक डाइरेक्टर प्रविना थापाले विश्व दृष्टिकोणसँगै स्थानीय प्रतिबद्धताको महत्त्वमा जोड दिँदै भनिन्, “जस–जस स्थानमा तपाईहरू पुग्नुहुन्छ, त्यो जहाँसुकै होस्, नेपालको माटो सधैं तपाईंको घर रहन्छ। एक दिन फर्केर केही योगदान गर्नुहोस्।”

NEB समन्वयक अच्युतप्रसाद लम्साल र IBDP समन्वयक डा. अमित बडोलाले समेत विद्यार्थीहरूको यात्राको स्मरण गर्दै आफ्ना भावुक सन्देश दिए।

नेपालकै एकमात्र IB कन्टिन्युम स्कुलका रूपमा प्रिमियर इन्टरनेसनल स्कुलले PYP, MYP र IBDP कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै, राष्ट्रिय परीक्षा बोर्ड (NEB) को कार्यक्रम पनि समेटिएको यस स्कुलले गुणस्तरीय, अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै, नेपाल तथा विश्वका लागि नेतृत्व गर्न सक्ने भावी पुस्ता तयार पार्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।

प्रकाशित : 8 June, 2025 6:07 pm