पुँजी बजारलाई आगामी दिनमा समन्वयात्मक रूपमा सुधार गरिने छ : कार्यकारी निर्देशक अधिकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

पुँजी बजारलाई आगामी दिनमा समन्वयात्मक रूपमा सुधार गरिने छ : कार्यकारी निर्देशक अधिकारी



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का कार्यकारी निर्देशक नवराज अधिकारीले पुँजी बजारमा सुधार, नियमनको प्रभावकारितालाइ जोड दिँदै प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार आयोजित सेबोनको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले हालसम्म बोर्डको कार्यप्रदर्शन अपेक्षाअनुसार हुन नसकेको स्वीकार गरे पनि अगामी दिनमा समन्वयात्मक रूपमा सुधारका प्रयास अघि बढाइने बताएका हुन्।

उनका अनुसार उपप्रधानमन्त्री तथा अर्थमन्त्रीबाट प्राप्त मार्गदर्शन अनुसार पुँजी बजारलाई उच्च प्राथमिकता दिँदै इन्साइडर ट्रेडिङ लगायतका गलत गतिविधिहरू नियन्त्रण गर्न, नियमन प्रभावकारी बनाउन र असल अभ्यासलाई प्रोत्साहन गर्न आवश्यक कदम चालिनेछ।

साथै, आर्थिक वर्ष २०८२/८३ को बजेटमा समावेश पुँजी बजारसम्बन्धी नीति तथा कार्यक्रमहरू समयमै कार्यान्वयन गर्ने, विश्वव्यापी अभ्यासअनुसार सुधारका उपायहरू अपनाउने र बजारमा वित्तीय उपकरण तथा औजारहरूको विविधीकरणमा समेत जोड दिइने अधिकारीले बताए।

उनले सबै मार्गदर्शनहरूलाई संयमित, समावेशी र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रकाशित : 8 June, 2025 12:32 pm