समाज र ग्रामीण विकास लघुवित्तलाई मर्जरको लागि राष्ट्र बैंकको सैद्धान्तिक सहमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

समाज र ग्रामीण विकास लघुवित्तलाई मर्जरको लागि राष्ट्र बैंकको सैद्धान्तिक सहमति



काठमाडौं । नेपाल राष्ट्र बैंकले समाज लघुवित्त वित्तीय संस्था र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थालाई मर्जर प्रक्रियाका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ । राष्ट्र बैंकले जेठ २२ गते यी दुई लघुवित्तबीच मर्जरका लागि आवश्यक प्रक्रिया अघि बढाउन सैद्धान्तिक सहमति दिएको हो ।

यसअघि समाज लघुवित्त र ग्रामीण विकास लघुवित्तले मर्जरको प्रारम्भिक सहमति फागुन महिनामै गरिसकेका थिए । अब राष्ट्र बैंकको स्वीकृति पश्चात दुबै संस्थाले मर्जर प्रक्रियालाई औपचारिक रूपमा अघि बढाउनेछन् ।

प्रकाशित : 8 June, 2025 11:44 am