प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची



काठमाडौं । संसद नेपाल अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । आइतबार दिनको १ बजे बैठक बस्न लागेको हो । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउनेछन् ।

यसैगरी आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८२’ पेस गर्ने छन् ।

आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आ.व.२०८२÷०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ ।

प्रकाशित : 8 June, 2025 7:51 am