न्यादी–फिदी जलविद्युत आयोजनाको शेयर निष्कासन गर्न नर्थ समिट हाइड्रो र माछापुच्छ्रे क्यापिटलबीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

न्यादी–फिदी जलविद्युत आयोजनाको शेयर निष्कासन गर्न नर्थ समिट हाइड्रो र माछापुच्छ्रे क्यापिटलबीच सम्झौता



काठमाडौं । नर्थ समिट हाइड्रो लिमिटेड र माछापुच्छ्रे क्यापिटल लिमिटेड बीच प्राथमिक शेयर निष्कासनका लागि संस्थागत परामर्श सेवा तथा निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौता अनुसार, नर्थ समिट हाइड्रो लिमिटेडले आफ्नो जारी पुँजीको ३० प्रतिशत अर्थात् ३८ लाख ४० हजार कित्ता साधारण शेयर प्रति कित्ता १०० को दरले, कुल ३८ करोड ४० लाख बराबरको शेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो।

शेयर निष्कासन प्रक्रिया व्यवस्थापन गर्न माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई संस्थागत परामर्शदाता तथा निष्काशन र बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको हो।

सम्झौतामा माछापुच्छ्रे क्यापिटलका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र नर्थ समिट हाइड्रोका प्रबन्ध सञ्चालक बालेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका छन्।

नर्थ समिट हाइड्रो लिमिटेडले लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिका हुँदै बग्ने न्यादी र फिदी खोलाको पानीको सदुपयोग गर्दै २१.४ मेगावाट क्षमताको न्यादी–फिदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो, जसले नेपाल धितोपत्र बोर्डको अनुमति प्राप्त गर्दै विभिन्न वित्तीय सेवा—जस्तै धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, निष्काशन तथा बिक्रि प्रबन्धन, शेयर रजिष्ट्रार सेवा तथा सामूहिक लगानी कोष—प्रदान गर्दै आइरहेको छ।

प्रकाशित : 6 June, 2025 3:59 pm