काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले १०ः४ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ। कम्पनीले यही जेठ ३० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो।
यसअनुसार, जेठ २९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र कम्पनीको हकप्रद सेयर खरिद गर्न सक्नेछन्।
कम्पनीले १०० अंकित दरमा ६५ करोड ७६ लाख ९३ हजार ७७६ बराबरको ६५ लाख ७६ हजार ९३७.७६ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।
उक्त हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईएमबी एस क्यापिटल लिमिटेडले लिएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर निष्कासनका लागि जेठ ७ गते स्वीकृति प्राप्त गरिसकेको छ।





Comment