दुई कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

दुई कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौ । आज (मंगलबार) दुई कम्पनी ट्रेड टावर लिमिटेड र विकाश हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने अन्तिम दिन हो।

ट्रेड टावर लिमिटेड

ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासनमा ल्याएको हो। सुरुमा निष्कासन अवधि जेठ १९ सम्म तोकिए पनि भोटो जात्राका कारण उपत्यकामा परेको सार्वजनिक बिदाले एक दिन थप गरिएको थियो।

कम्पनीले ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँ जारी पूँजीको ४८.६९६ प्रतिशत अर्थात ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्कासनको अनुमति पाएको थियो। यसमध्ये वैदेशिक रोजगारमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याई बाँडफाँट भइसकेको छ भने बाँकी ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर आजसम्म सर्वसाधारणका लागि खुल्ला गरिएको हो।

न्यूनतम १० कित्ता र अधिकतम १,००० कित्तासम्म आवेदन दिन मिल्नेछ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड हो। आवेदन ‘मेरो शेयर’ सफ्टवेयर वा सि-आस्बा सदस्य बैंकमार्फत गर्न सकिन्छ।

इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ, जसले मध्यम स्तरको जोखिम संकेत गर्दछ।

विकाश हाइड्रोपावर लिमिटेड

विकाश हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जेठ ६ गतेदेखि आईपीओ निष्कासनमा ल्याएको हो।

कम्पनीले ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँ जारी पूँजीको ४९ प्रतिशत अर्थात ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर निष्कासनको अनुमति पाएको हो। यसमध्ये ९ लाख ९ हजार १०१ कित्ता आयोजना प्रभावित गोरखा जिल्लाका धार्चे गाउँपालिकाका विभिन्न वडाका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।

विदेशमा रहेका नेपालीका लागि ३ लाख ५४ हजार ५५० कित्ता, कर्मचारीका लागि ७० हजार ९१० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख ७७ हजार २७५ कित्ता सुरक्षित गरिएको छ। बाँकी २९ लाख ४२ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

न्यूनतम १० कित्ता र अधिकतम १०,००० कित्तासम्म आवेदन दिन सकिनेछ। शेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड हो। आवेदन प्रभु क्यापिटलको अनलाइन प्लेटफर्म, आयोजनाको कार्यालय तथा सि–आस्बा प्रणालीमार्फत गर्न सकिन्छ। इक्रा नेपालले यस कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ ट्रिपल बी माइनस’ प्रदान गरेको छ। जसले औसत जोखिम संकेत गर्दछ।

प्रकाशित : 3 June, 2025 11:05 am