काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) र टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान)ले हाल देखिएको सार्वजनिक सवारीसाधनको बन्द र अवरोधले नेपालको पर्यटन क्षेत्रमा गम्भीर असर पारेको बताएका छन्।
नाट्टाका महासचिव युविका भण्डारीद्वारा जारी विज्ञप्तिमा पोखरालगायत प्रमुख पर्यटकीय गन्तव्यमा सवारी अवरोध चिन्ताजनक भएको उल्लेख गरिएको छ। यस्तो कार्यले विदेशी र आन्तरिक पर्यटकलाई असहज बनाएको, उनीहरूमा भय र निराशाको भावना बढाएको नाट्टाले जनाएको छ।
यस्तै, टिवान अध्यक्ष भीष्म न्यौपानेले पनि सवारीसाधन सञ्चालन स्वतन्त्र र सुरक्षित रूपमा हुनुपर्नेमा जोड दिँदै, यस्ता अवरोधले पर्यटन क्षेत्रलाई दीर्घकालीन असर पार्ने चेतावनी दिएका छन्। दुबै निकायले सरकारसँग सवारी सञ्चालनमा सहजीकरण गर्न माग गरेका छन्।
Comment