काठमाडौं । सुन चाँदीको मुल्य सोमबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा एक हजार रुपैयाँले बढेको हो।
योसँगै प्रतितोला छापावाल सुन एक लाख ८९ हजार ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मुल्य एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मुल्य तोलामा पाँच रुपैयाँले बढेर एक हजार ९९० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन तोलामा चाँदी एक हजार ९८५ रुपैयाँ कायम भएको थियो।





Comment