आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय



काठमाडौं । सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने भएको छ । मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले पनि सरकारले त्यसदिन बिदा दिइएको हो ।

गृहमन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, सार्वजनिक बिदा काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै लागु हुनेछ।

सरकारले हरेक वर्ष काठमाडौंमा भोटो जात्राको दिनमा बिदा दिने गरेको छ ।

प्रकाशित : 30 May, 2025 2:48 pm