बजेटमा कर समायोजन: चुरोट-मदिरामा बढ्यो, डिजिटल-स्टार्टअपमा छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बजेटमा कर समायोजन: चुरोट-मदिरामा बढ्यो, डिजिटल-स्टार्टअपमा छुट



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटमा कर संरचनामा सन्तुलन ल्याउने उद्देश्यले केही वस्तु तथा क्षेत्रमा कर बढाइएको छ भने केहीमा उल्लेखनीय छुट दिइएको छ।

स्वास्थ्यमा नकारात्मक असर पार्ने चुरोट, बियर, मदिरा र सुर्तीमा भन्सार महसुल तथा अन्तःशुल्क दर वृद्धि गरिएको छ। स्वास्थ्य जोखिम करको दायरा समेत फराकिलो बनाइएको छ। तर, विद्युतीय सवारीसाधनमा कर नबढाई हालको दर कायम राखिएको छ।

घटेका कर र छुटहरू :

डिजिटल कारोबारमा कर हटाइएको छ र कारोबार शुल्क घटाइनेछ।

स्टार्टअपहरूलाई पाँच वर्षसम्म आयकर नलाग्ने व्यवस्था।

विदेशमा सुचना प्रबिधि सेवा निर्यात गर्ने व्यक्तिलाई ५ प्रतिशत मात्र आयकर, त्यो पनि अन्तिम कर मानिने।

IT सेवा निर्यातमा ७५ प्रतिशत आयकर छुट।

सौर्य, वायु र ग्रीन हाइड्रोजन उपकरण आयातमा १५ भन्सार महसुल मात्र, अन्य सबै कर छुट।

ग्रीन हाइड्रोजन उत्पादक उद्योगलाई ५ वर्षसम्म आयकर छुट।

खेल सामाग्री र रङ्गशाला निर्माणका उपकरणमा १ प्रतिशत भन्सार महसुल।

प्राङ्गारिक मल उत्पादन मेशिनरीमा भन्सार महसुल खारेज।

काठ सिजनिङ्ग मिलमा १ प्रतिशत भन्सार महसुल मात्र।

चार्जिङ मेशिन उद्योगका उपकरणमा १ प्रतिशत भन्सार महसुल, ५ वर्षसम्म आयकर नलाग्ने।

श्रवणयन्त्रमा मूल्य अभिवृद्धि कर खारेज।

खाद्यान्न, फलफूल, दूधजन्य वस्तुहरूको आयातमा अग्रिम आयकर खारेज।

३ लाख रुपैयाँको बैंक ग्यारेण्टी खारेज।

न्यूनतम करको व्यवस्था हटाइयो।

अस्थायी सवारी साधनमा अतिरिक्त शुल्क नलिने प्रावधान लागू।

बढेका करहरू:

चुरोट, बियर, मदिरा र सुर्तीमा भन्सार महसुल र अन्तःशुल्क वृद्धि।

स्वास्थ्य जोखिम करको दायरा विस्तार।

राजस्व सुधार र सहुलियत :
२० वर्षभन्दा पुराना सवारीसाधन तथा मूल्य अभिवृद्धि कर नबुझाएका व्यक्तिहरूलाई ब्याज, जरिवाना र थप दस्तुरमा सहुलियत दिइनेछ।
आय विवरण नबुझाएका करदातालाई संशोधित कर निर्धारणमार्फत बक्यौता फरफारक गर्न मौका दिइनेछ।
५ हजार अमेरिकी डलरसम्मको विदेशी मुद्रा बिना घोषणा ल्याउन पाउने सुविधा पनि सहज बनाइनेछ।

प्रकाशित : 29 May, 2025 7:15 pm