शेयर बजारमा सामान्य गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शेयर बजारमा सामान्य गिरावट



काठमाडौं । आज शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५.२१ अंकले घटेर २६७४.७६ को विन्दुमा कायम भएको छ ।

आज ३३७ कम्पनीको एक करोड ७१ लाख ६० हजार ६२५ कित्ता शेयर किनबेच हुँदा सात अर्ब ५८ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६४ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावर कम्पनीको ५६ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । युनिभर्सल पावरको ४५ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै गुराँस लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतिएको छ। आज उत्पादन तथा प्रशोधन समूह ०.७९ र बैंकिङ समूह ०.१७ प्रतिशतले बढ्यो ।

लघुवित्त समूह आज सर्वाधिक अर्थात १.५० प्रतिशतले घट्यो । विकास बैंक समूह पनि आज ०.२७ प्रतिशत, फाइनान्स ०.१२, होटल ०.९१, हाईड्रो ०.०६, लगानी ०.१५, जीवन बीमा ०.२०, म्युचुअल फण्ड ०.०८, निर्जीवन बीमा ०.३२,अन्य ०.४८ र व्यापार समूह ०.१३ प्रतिशतले घट्यो ।

प्रकाशित : 26 May, 2025 3:38 pm