पोखरा । प्रभु बैंक लिमिटेड र बाग्लुङ नगरपालिका–२, आवारोडस्थित इला कम्र्फट होटल एण्ड रिसोर्टबीच व्यवसायिक साझेदारीका लागि विशेष छुट सम्बन्धी सम्झौता सम्पन्न भएको छ। बैंकका ग्राहक तथा कर्मचारीहरुलाई लक्षित गर्दै विभिन्न सेवामा छुट प्रदान गर्ने उद्देश्यले उक्त सम्झौता गरिएको हो।
सम्झौतामा प्रभु बैंकका प्रमुख क्षेत्रीय व्यापार अधिकृत (एन.बि.सि.ओ.) राजु राना र इला कम्र्फट होटल एण्ड रिसोर्टका महाप्रबन्धक बुद्धि प्रसाद तिवारीले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार, प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले डेबिटरक्रेडिट कार्ड वा बैंकका अन्य विद्युतीय माध्यमद्वारा भुक्तानी गर्दा इला कम्र्फट होटल एण्ड रिसोर्टमा उपलब्ध आवास सेवामा १५ प्रतिशत र खाना तथा मनोरञ्जन सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।
पर्यटकीय दृष्टिले चर्चित बाग्लुङमा रहेको इला कम्र्फट होटल एण्ड रिसोर्टले न्यानो, परिवारमैत्री वातावरण र गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ। यस साझेदारीले बाग्लुङ पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ। साथै, प्रभु बैंकका ग्राहकहरूले पनि यस सुविधाबाट प्रत्यक्ष लाभ पाउनेछन्।
Comment