नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति र केन्द्रिय समितिको अकर्मण्यताका कारण नेपाल पत्रकार महासंघ सुनसरी शाखा ‘डेडलक’को अवस्थामा पुगेको छ ।
सुनसरी शाखाका अध्यक्ष सन्तोष काफ्लेले समाचारको स्रोतबाट रकम लिएको र लैङ्गिक हिंसा सम्बन्धि समाचार रोक्न, पीडितको वयान फेर्न दबाब दिएको लगायतका विषयमा समाचार प्रकाशित भएपछि छानविनको माग उठेको थियो ।
अध्यक्षकै विषयमा छानविन गर्नुपर्ने अवस्था आइलागेपछि सुनसरी शाखाले छानविनका लागि केन्द्रिय समितिलाई बोधार्थसहित प्रदेश समितिलाई आग्रह गरेको थियो । तर प्रदेश समितिले आजसम्म छानविन गरी सत्यतथ्य निक्र्योल नगर्दा सुनसरी महासंघ गतिविधि शुन्य भएको अवस्थामा छ ।
अध्यक्ष नै विवादित बनेपछि सुनसरी शाखाका नियमित बैठक र गतिविधिमा प्रत्यक्ष प्रभाव परेको मात्र छैन विश्व प्रेस स्वतन्त्रता दिवस, विश्व पत्रकारिता दिवस लगायतका नियमित तर अनिवार्य अवसरहरुमा पनि कुनै गतिविधि नभएको शाखाका सदस्यहरुको भनाइ छ ।
सुनसरीमा गरिने भनि तोकिएका महासंघको केन्द्रिय समिति र प्रदेश समितिका कार्यक्रमहरु पनि रद्ध गरी अन्य जिल्लामा सारिएका छन्। ‘अध्यक्ष दोषी नै देखिएको भए निलम्बन गरेर कार्यबाहकबाट काम गर्न सकिहालिन्थ्यो, क्लिनचिट दिएको भए नियमित गतिविधि त कमसेकम गर्न सकिन्थ्यो तर उपल्लो समितिले ढिलाई गर्दा अन्यौलको अवस्था छ,’ सुनसरी महासंघ कार्यसमितिका एक सदस्यले गुनासो गरे । यस्तो अवस्थामा सदस्यता नविकरण, तालिम, महत्वपूर्ण कार्यक्रमहरु, स्थानिय निकायसँगको समन्वय लगायतका कामहरुमा प्रत्यक्ष प्रभाव परेको उनको भनाइ छ ।
‘पत्रकारका नेता कि बिचौलिया ? समाचार रोक्न भन्दै लिएको पैसामा पत्रकार महासंघ सुनसरी अध्यक्षलाई भागबण्डा’ शिर्षकमा (२७ फागुन २०८१) ११ मार्च २०२५ मा यस अर्थबजार डटकमलगायत अनलाइन पोर्टलहरुमा समाचार प्रकाशन भएको थियो ।
समाचारमा रकम लेनदेनको बैँक एकाउन्ट, मिति र रकम सहितको सबै तथ्य उल्लेख गरिएको थियो । समाचार प्रकाशन भएपछि सुनसरीमा क्रियाशील नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन लगायत संगठनहरुले विज्ञप्ति प्रकाशित गरी सत्यतथ्य छानविनको माग गरे । सबैतिरबाट दबाब बढ्दै गएपछि नेपाल पत्रकार महासंघ सुनसरीले छानविन गरिदिन नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिलाई आग्रह गरेको थियो। जिल्ला शाखाले आग्रह गरेको लामो समयसम्म प्रदेश समिति चुपचाप बसेको सदस्यहरुको आरोप छ ।
तर चौतर्फी दबाबपछि उपाध्यक्ष अम्बिका भण्डारीको संयोजकत्वमा सचिवद्धय ध्रुब भट्टराई र अरविन्द मेहता सदस्य रहेको तीन सदस्यिय छानविन समिति गठन गरिएको थियो । प्रदेश समितिका महासचिव हिमा चेम्जोङका अनुसार समितिलाई एक हप्ताको समयसिमा दिइएको थियो । स्रोतका अनुसार उक्त समितिले भेटघाट तथा छलफल गरी आफ्नो काम सम्पन्न गरेको छ तर समितिले आजसम्म प्रतिवेदन बुझाएको छैन । समितिले आगामी आइतबार प्रतिवेदन बुझाउने जानकारी प्राप्त भएको छ ।
यसविचमा यो विषय छानविन गरिरहन नपर्ने भन्दै घटनालाई सामसुम पार्न स्वयं प्रदेश अध्यक्ष भरत खड्का नै लागि परेको समाचार यही अनलाइनमा प्रकाशित भएको थियो । छानविन गरिपाउँ भनि जिल्ला शाखाले गरेको पत्राचारलाई लामो समय चुपचाप फाइलिङ गरेर राखेको प्रदेश महासंघले अन्ततः छानविन समिति गठन गरेको विषयलाई गोप्य किन राख्यो ? सदस्यहरुले प्रश्न उठाएका छन् । तर महासंघलाई डेडलकमा राखेर महासंघको टोली कहिले पश्चिम नेपाल त कहिले प्रदेशको उत्तरी जिल्लाहरु भ्रमणमा व्यस्त रहेको आरोप पनि छ ।
के गर्दैछ त छानबिन समिति ?
पहिलो चरणमा आरोपीहरु पत्रकार महासंघ सुनसरी अध्यक्ष सन्तोष काफ्ले, प्रेस चौतारी सुनसरीका तत्कालिन अध्यक्ष शुभद्रा प्याकुरेल, रश्मी प्रधान, मनिता चाम्लिङ, ब्लाष्ट प्रतिनिधि लगायतलाई भेटि बयान लिएको समितिले दोस्रो चरणमा सुनसरी महासंघका केही पूर्वअध्यक्ष तथा अग्रज पत्रकारहरुसँग छलफल गरेको थियो ।
समितिले पिडक भनिएका शिक्षकसँग समेत सोधपुछ गरेको पाइएको छ । यस विषयमा मुख्य सरोकारवालाका रुपमा देखिएकी पिडित भनिएकी व्यक्ति र समाचार प्रकाशन गर्ने अनलाइन पोर्टलहरुसँग, घटनालाई नजिकबाट नियालीरहेका पक्षलाई कुनै सोधपुछ नभएको बताइन्छ । जसका कारण समितिले दिने प्रतिवेदन एकपक्षिय र कर्मकाण्डी हुने शंका बढेको छ । सामान्य भाषामा मिलाएर प्रतिवेदन तयार गरी तथ्यसहित आरोपितहरुलाई चोख्याउने गरी समितिको प्रतिवेदन तयार भइरहेको सदस्यहरुले नै आशंका गर्न थालेका छन् ।
प्राप्त जानकारी अनुसार महासंघ अध्यक्ष काफ्लेले आफुलाई त्यो घटना थाहा नभएको र घटनामा संलग्न ब्यक्ति नै नचिन्ने बयान दिएका थिए । तर त्यो समाचारको निरन्तर फलोअपसहित समाचार लेखेकी पत्रकार रस्मी प्रधानले भने समाचार फलोअप गरिरहँदा सन्तोष काफ्लेले बोलाएर भेटेरै समाचार रोक्न दबाव दिएको र पीडित भनिएकी बालिकाको बयान फेर्न भन्न लगाएको बयान दिएकी थिईन् ।
विभिन्न मिडियाहरुमा प्रकाशित समाचारको कन्टेन्ट हेर्दा प्याकुरेल र काफ्लेले खेलेको भूमिकामा लैङ्गिक हिंसा र मतियारको कसुर आकर्षित हुने नाम नबताउने शर्तमा एक कानुन व्यवसायीले भने ।
छानविन समितिले यसतर्फ खोजविन नगरेको पाइएको छ । समाचारको रुपमा बाहिर आएपछि आरोपी शुभद्रा प्याकुरेलले पिडक भनिएका शिक्षकसँग भेटगरी लेनदेनलाई सामान्य परिणत गराउन हतार हतार सापटीको कागज गरेको आशंका छ । जब कि यसअघिका समाचारहरुमा प्याकुरेलले उक्त पैसा मायाघरलाई सहयोगको रुपमा लिएको जिकिर गरेकी थिइन् । अर्थबजार डटकमसँगको कुराकानीमा भने प्याकुरेलले उक्त पैसा सापटी लिएको दावी गरेकी थिइन् । बलात्कारको आरोपले विक्षिप्त बनेको व्यक्तिसँग पटक पटक गरी सापटी लिन वा सहयोग लिन कुन संवेदनशीलताले दिन्छ ? यही प्रश्न शाखाका सदस्यहरुको छ ।
पिडक भनिएका शिक्षकले प्याकुरेललाई सापटीको रुपमा पैसा दिएको समितिसमक्ष बयान दिएका छन् । तर ब्लाष्ट टाइम्स दैनिकमा प्रकाशित समाचारमा उनै शिक्षकले मायाघरलाई पैसा दिएको बताएकाछन् । अर्थबजार डटकमसँग पिडक भनिएका व्यक्तिकी श्रीमति र प्याकुरेल विचको संवाद सुरक्षित छ जसमा प्याकुरेलले विज्ञापनका लागि भनेर पैसा लिएको स्पष्ट हुन्छ ।
बलात्कारको आरोपले खङ्ग्रङ्गै भएको व्यक्तिले के कस्तो विज्ञापन गर्ने होला रु माग्नेले पनि कसरी के कस्तो विज्ञापन माग्यो होला ? समाचारमा पीडित छात्राको भर्सन निरन्तर आइरहँदा प्याकुरेलले पिडित भनिएकी छात्रालाई समेत घरमै पटक पटक भेटी अब केही नबोल्न सम्झाउँदै रकम हातमा लगाईदिएको पाइएको छ । दुई हजार र तीन तीन हजार गरी ती छात्रालाई ८ हजार प्याकुरेलले दिएकी थिइन् । यस्तो घटनाक्रम हुँदाहुँदै छानविन समितिले ती पिडित छात्रालाई भेट्यो कि भेटेन रु
जिल्ला अदालत सुनसरीमा बिचाराधिन मुद्धा प्रभावित हुने त्रासले पिडित भनिएका शिक्षक तथा उनका परिवारका सदस्यहरुलाई प्याकुरेललाई पैसा दिएको स्विकार्न गाह्रो भएको हुनसक्छ । यस्तो अवस्थामा पिडक भनिएकाको तर्फबाट यो सबै झुट हो भन्ने अभिव्यक्ति आएको हुनसक्छ । तर शुरुवातदेखिका घटनासँग यी सबै क्रमहरुको समितिले मसिनो ढङ्गले पर्गेल्ने काम ग¥यो कि गरेन रु
यी र यस्ता थुप्रै र गम्भिर अनुत्तरित प्रश्नहरु छन् । यिनको चित्तबुझ्दो उत्तर प्रतिवेदनले दिन्छ कि दिदैन रु यदि दिएन भने जतिखेर प्रतिवेदन बुझाएपनि त्यो अपुरो र अधकल्चो हुनेछ । प्रदेश महासँघको दोषीहरुलाई चोख्याउने नियत सावित हुनेछ । यसमा अर्को दुखद कुरा के छ भने आफ्नो शाखाहरुमध्ये एक सुनसरी शाखा अपाहिज भइसकेको अवस्थासम्म पुग्दा पनि महासँघ केन्द्रिय समितिले किन चासो राख्दैन रु आवश्यक परे हस्तक्षेप किन गर्दैन रु यसबारे केन्द्रिय समितिलाई औपचारिक वा अनौपचारिक जानकारी नभएको भन्न कसरी सकिएला रु तर पनि केन्द्रिय समिति समेत चुप रहँदा सुनसरीका आरोपी पत्रकारहरुलाई चोख्याउने केन्द्रिय समितिको पनि आशय हो कि भन्ने शङ्का उत्पन्न भएको छ ।
यता सुनसरीका केही अग्रज पत्रकारहरुले पनि यस मुद्धामा काफ्लेले फट्याई नगरेको र छानविनमा डेव्थसम्म जान नपर्ने वयान दिएको खुलेको छ । केही अग्रज पत्रकारहरुले शुरुवातदेखि नै यस विषयमा छानविन आवश्यक नपर्ने औपचारिक वा अनौपचारिक अभिव्यक्ति दिँदै आएका थिए । तर यसमा सुनसरीकै अन्य पत्रकारहरु सहमत छैनन् । उनीहरुले अग्रज पत्रकारहरु नै प्याकुरेल र काफ्लेको मतियार बनेको आरोप लगाएकाछन् । ‘यति धेरै प्रमाणसहित विगत र अहिलेका घटनाक्रमहरु सामुन्ने हुँदा हुँदै काफ्लेले फट्याई नगरेको भनेर कसरी ठोकुवा गर्न सकिन्छ रु’ नाम उल्लेख नगर्ने सर्तमा एक सदस्यले प्रश्न गरे ।
असर के पर्ला ?
यसै अनलाईनमा प्रकाशित समाचारमा उल्लेख भईसकेको छ कि आरोपी शुभद्रा प्याकुरेलको खातामा पिडकका तर्फबाट रकम जम्मा भएको छ । प्याकुरेलले त्यो स्विकार पनि गरिसकेकाछन् । घटनाक्रम र सुरक्षित प्रमाणहरुले उक्त रकम सापटी वा सहयोग पुष्टी हुँदैन । त्यसैले प्याकुरेलले जे जे दाबी गरेपनि त्यो पुष्टी हुँदैन । प्रमाणहरुले उक्त रकम समाचार रोक्ने प्रयोजनकै लागि प्रयोग भएको पुष्टी हुन्छ । यसबाहेक प्याकुरेलले पिडित भनिएकी छात्रालाई भेटी रकम दिएको र यस्तो भन्नु वा नभन्नु भन्दै फकाएको विषय पनि कम गम्भिर छैन ।
प्याकुरेलले लिएको रकम काफ्ले लगायतका अन्य आरोपीहरु समक्ष पुग्यो कि पुगेन भन्ने सन्दर्भमा मिहिन छानविन पछि थाहा होला । यस सम्बन्धमा आरोपी काफ्लेले इन्कारी अभिव्यक्ति दिँदै आएको छदैछ । तर नेपाल पत्रकार महासँघ सुनसरीको तत्कालिन सल्लाहकार जस्तो व्यक्तिले एक सक्रिय पत्रकारलाई प्रोत्साहन दिनुको सट्टा बोलाएर भेटेरै समाचार रोक्ने, पिडितलाई वयान फेर्न लगाउने लगायतका आरोप भने पुष्टि नै भइसकेको देखिन्छ ।
Comment